सोसल मिडिया
सम्पर्क
युनिकोड
बुधबारको मन्त्रिपरिषद्को बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दियो । डा. मनोजकुमार केसी महानिरीक्षक नियुक्त भए ।
तर तीन दिन बित्दा पनि कार्कीले न नियुक्ति पत्र बुझेका छन्, न त कार्यालयमा हाजिर नै भएका छन् । उनी आफूमाथि अन्याय भएको भन्दै पुनर्वहालीको मागसहित सर्वोच्च अदालत पुगेका छन् ।
कार्कीका लागि प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा कार्यकक्ष बनाइएको छ । यो त्यही कोठा हो जहाँ हालै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई राखिएको थियो ।
उनीहरूलाई प्रहरी लगाएर नियन्त्रणमा लिई राखिएकै कोठामा कार्कीको कार्यकक्ष तयार पारिएको छ । हाजिर हुन गएमा कार्कीलाई सवारीसाधन र सुरक्षा उपलब्ध हुने व्यवस्था रहेको छ । हाजिर भएमा कार्कीले सचिवसरह सुविधा पाउनेछन् ।