Tihar Banner
Tihar Banner

दानबहादुरले पेस गरेको रिटको केस्राकेस्रा केलाएर सर्वोच्च प्रशासनले टुङ्गो लगाउने

शुक्रबार, कात्तिक २०, २०८३

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैर कानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिटको टुङ्गो आज (शुक्रवार) छलफल हुने भएको छ ।

रिट निवेदन बिहीबार पेस भएको भए पनि अध्ययनका क्रममा रहेको र दर्ता हुने वा नहुने विषयमा आज छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सरकारले बुधवार कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् ।

सरकारले उनलाई हटाउनुको कारण खुलाएको छैन । सरकारले प्रहरी महानिरीक्षकमा मनोज कुमार केसीलाई नियुक्त गरिसकेको  छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्