सोसल मिडिया
युनिकोड
भदौको अन्तिम दिन बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा पदस्थापन गरेको छ। सचिवका लागि अख्तियार उसै काईदाको ठाउँ त हो नै त्यसमाथि बढुवा लगत्तै त्यहीं पदस्थापन हुँदा कालीलाई भाग्यमानी भन्ने कर्मचारीको संख्या बढेको छ।
काठमाडौँको सिडिओ पनि चलाईसकेका काली सचिव बढुवापछि प्रदेश झरिरहनु परेन। प्रदेशमा पनि हालसालै सचिव बढुवा भएर जानेकै बोलवाला हुँदा कालीलाई अख्तियार आईलागेको हो। हुन त यस अघि सचिव बढुवा भएकी इन्दु घिमिरे पनि प्रदेश नगई सिधै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन भएकी थिईन। त्यो भन्दा सचिव बढुवा लगत्तै मन्त्रालय या त रोजाईका आयोगमा सचिवको पदस्थापन भएको घटना बिरलै मात्र भेटिन्छ।
प्रधानमन्त्री वालेन्द्र साहलाई म्यासेज ठेलेकै भरमा सास्ती खेपेका कृष्णहरि पुस्करले पनि सचिव बढुवापछि प्रदेश जानु परेको थिएन। उनले त झन् सीधै अर्थ मन्त्रालयको राजस्व सचिवमा पदस्थापन गराउन सफल भएका थिए।
पराजुली बढुवापछि अख्तियार पुग्नुमा भोजपुर रसायनले काम गरेको चर्चा छ। अहिलेका मुख्यसचिव गोविन्द कार्की र पराजुली दुवै भोजपुरे हुन्।