सोसल मिडिया
युनिकोड
लोकसेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेलबासेको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम सिफारिश गरेको छ।
सचिव बढुवा सिफारिस समितिको आजै बसेको बैठकले यसअघि अर्को रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिव बिनोद बहादुर कुँवरको नाम २० प्रतिशततर्फबाट एकल सिफारिस गरेको थियो। कुँवर हाल राष्ट्रिय समावेशी आयोगको सचिवका रुपमा कार्यरत छन्। अब कुँवर एकल सिफारिशमा सचिव बढुवा हुनेछन्। कुँवरको जागिरे अवधि १० महिना मात्र छ।
कुँवर पछिल्ला सचिव बढुवा सिफारिसमा समेत पर्दै आएका थिए। पछिल्लो बढुवा प्रक्रियामा उनीसँगै खत्रीसमेत सचिव बढुवाको प्रतिस्पर्धामा थिए। यसपटक कुँवर ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट एकल सिफारिस भएपछि थप रिक्त पदका लागि खत्री, पराजुली र तामाङ सिफारिशमा परेका हुन्।
केपी ओली प्रधानमन्त्री हुँदा कुँवर निजी सचिव थिए। अर्थमन्त्रालयमा रहेका भोजपुरे खत्री काविल प्रशासकका रुपमा कहलिएका छन्। पराजुली महिला आयोग र तामांग उर्जा मन्त्रालयमा कार्यरत छन्।