सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

आइतबार, भदौ २८, २०८३

गएको शुक्रबार तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ बढेर ३ लाख २ हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको शुक्रबार सुनको भाउ ३ लाख १ हजार थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेर ४ हजार ६ सय ६० रुपैयाँ पुगेको छ। 

गएको शुक्रबार चाँदीको भाउ तोलामा २ सय ५५ रुपैयाँ घटेर ४ हजार ६ सयमा झरेको थियो। गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ११:३६
प्रतिक्रिया दिनुहोस्