आज सुनको भाउ कति छ ?

मंगलबार, भदौ २, २०८३

आज सुनको मूल्य स्थिर रहँदा चाँदीको घटेको छ। सोमबार तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय पुगेको सुनको भाउ आज सोही मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार र सोमबार गरेर ५ हजार २ सय रुपैयाँ बढेको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। तोलामा २५ रुपैयाँ घटेरर चाँदीको भाउ आज ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 
 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्