आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

शुक्रबार, साउन २२, २०८३

सुनको भाउ बढ्ने क्रमले निरन्तरता पाएको छ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । बिहिबार तोलामै आठ हजार बढेको थियो। 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५४ हजार ५४५ रुपैयाँ तोकिएको छ ।

यता,चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला चार हजार ५८० रुपैयाँमा किनबेच भइरहेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्