ह्वात्तै बढ्यो सुनको भाउ, तोलामै आठ हजार बढ्दा कति पुग्यो ?

बिहीबार, साउन २१, २०८३

सुनको मूल्य ह्वात्तै बढेको छ। बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार ४ हजार २०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ पुगेको थियो । मंगलबार २०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा थियो ।

सोमबार ८०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा थियो । आइतबार १ हजार ८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा थियो । 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्