एनसेलले प्रिपेड ग्राहकका लागि ल्यायो आकर्षक 'मनसुन अफर'

बुधबार, साउन २०, २०८३

एनसेलले प्रिपेड ग्राहकका लागि आकर्षक 'मनसुन अफर' सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले नयाँ प्रिपेड सिम खरिद गर्दा वा ५० रुपैयाँभन्दा माथिको प्याक किन्दा प्याकअनुसार ५ देखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक पाउने कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार यो अफरअन्तर्गत लागू हुने कुनै पनि प्याक लिएपश्चात ग्राहकले तत्काल क्यासब्याकको एसएमएस प्राप्त गर्नेछन्। ग्राहकले उक्त क्यासब्याक २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ। एनसेल एपमा गई सजिलै 'क्लेम क्यासब्याक' सेलेक्ट गरेर रिवार्ड लिन सकिने कम्पनीले बताएको छ। दाबी गरिएको क्यासब्याक ७ दिनभित्र प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रत्येक पटक योग्य प्याक लिँदा प्राप्त भएको क्यासब्याक ग्राहकको एनसेल एपमा जम्मा भएर बस्छ भने त्यसबाट आफूलाई आवश्यक अन्य प्याकहरू पनि किन्न सकिनेछ।

यो अफरअन्तर्गत ५० रुपैयाँ देखि ९९ रुपैयाँसम्मको प्याक लिने ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन्। १०० रुपैयाँदेखि २०० रुपैयाँसम्मको प्याकमा १० प्रतिशत, २०१ रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको प्याकमा १५ प्रतिशत र ५०० रुपैयाँ तथा सो भन्दा माथिको प्याक खरिद गर्नेले २० प्रतिशतसम्मको क्यासब्याक पाउने छन्।

यसरी पाएको क्यासब्याक अन्य कुनै एनसेल ग्राहकलाई ट्रान्सफर गर्न वा नगदमा साट्न भने पाइने छैन। 

यस योजनाबारे एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई केन्द्रमा राखेर यो अफर ल्याइएको बताएका छन्। "यस क्याम्पेनले ग्राहकको ब्यालेन्स र अनुभव दुवैलाई रोमाञ्चक बनाउनेछ," उनले भने, "एनसेल एपमार्फत हिमालयन जाभा, ट्रिप टर्बो र अल्टिमा जस्ता साझेदार संस्थाहरूबाट विशेष छुट तथा सुविधाहरू समेत पाउन सकिनेछ।" 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १८:३९
प्रतिक्रिया दिनुहोस्