सोसल मिडिया
युनिकोड
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफल गर्ने भएका छन् ।
बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलका लागि आमन्त्रण गरेको उनको सचिवालयले जनाएको छ ।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने जनाइएको छ ।