सेयर बजार ओरालो लाग्दा आज कारोबार चाँही लाग्यो उकालो

सोमबार, साउन १८, २०८३

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ। अघिल्लो कारोबार दिन १२.९६ अंक बढेको नेप्से परिसूचक सोमबार १.२० अंकले घटेर २६८४ विन्दुमा कायम भएको छ।

आज कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको कारोबार भयो।

यसदिन १२६ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने ७ को स्थिर रह्यो। अधिकांश समूहका उपसूचक बढेका छन्। बैंकिङ ०.२६, विकास बैंक ०.२३, होटल तथा पर्यटन ०.०१, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.३० प्रतिशत बढेका छन्।

जलविद्युत् समूह भने स्थिर अंकमा रहेको छ। फाइनान्स ०.२९, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५७, अन्य ०.८३ तथा व्यापार ०.३३ प्रतिशत घटेका छन्।

एभरेस्ट कलरको मूल्य आज पनि १५ प्रतिशत बढेको छ भने सप्तकोशी विकास बैंकको ११.७७ प्रतिशत मूल्य बढेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, ग्लोबल आईएमई बैंक, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर छन्।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्