आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

सोमबार, साउन ११, २०८३

हिजो तोलामा १ हजार ६ सय बढेको सुनको भाउ आज थप बढेको छ। सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको भाउ तोलाको २ लाख ८७ हजार १ सय थियो। गएको शुक्रबार तोलामा ५ हजार ८ सय घटेको सुनको भाउ आइतबार र सोमबार लगातार बढेको हो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १२:०६
प्रतिक्रिया दिनुहोस्