नेप्से सात अंकले बढ्दा कति भयो कारोबार ?

शुक्रबार, साउन ८, २०८३

साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से ७.९० अंकले बढ्दै २ हजार ७३४.६३ अंकमा उक्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको थियो । 

यस दिन कारोबार समेत बढेर ६ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ३६ लाख ८३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । 

आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् भने अरु बाँकी समूहहरूको उपसूचक ऋणात्मक भएका छन् । 

आज १५२ कम्पनीको शेयर मूल्य बढ्दा १०९ कम्पनीको मूल्य घटेको छ । आज एभरेस्ट कलर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १४.४६ प्रतिशतले बढेको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्