मन्त्रालय गाभिएपछि फ्याँकिएका विद्यावारिधि सचिव वालेनलाई खोस्टो बुझाएर हिंडे घर

शुक्रबार, साउन ८, २०८३

फाजिलमा परेका सचिव डा. गोविन्दप्रसाद शर्मा आचार्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका सचिव आचार्यले राजीनामा दिएका हुन्।

वन तथा वातावरण र कृषि तथा पशुपक्षी विकास मन्त्रालय ‘मर्ज’ भएर कृषि, वन तथा पर्यावरण मन्त्रालय बनेपछि सचिव आचार्य फाजिलमा परेका थिए। एक मन्त्रालय एक सचिवको नीति ल्याएपछि साविकको वन मन्त्रालय हेर्ने सचिव डा. आचार्य फाजिलमा परेका हुन्।

सरकारले मन्त्रालय गाभिदा फाजिलमा परेका सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानेको थियो। उक्त सूचीमा रहेका गोविन्दप्रसाद शर्मा आचार्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने जिम्मेवारी दिएको थियो। सचिवको वरियतामा किरणराज शर्मा र हरिप्रसाद मैनालीभन्दा पछाडि रहेका आचार्य साउन २४ गते अनिवार्य अवकाशमा जाने सूचीमा थिए। त्यसको ३ साता अघि नै उनी राजीनामा दिएर हिँडेका छन्। यसले सरकारलाई सचिव व्यवस्थापनमा सहज भएको छ।

२०७८ साउन २५ गते सचिवमा बढुवा भएका आचार्य कृषि विज्ञ हुन्। वन हुँदै प्रधानमन्त्री कार्यालय पुगेका उनी अवकाशको मुखमा घर गएका हुन्।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १५:०६
प्रतिक्रिया दिनुहोस्