आज पनि बढ्यो सुनको भाउ, आज कति पुग्यो ?

बिहीबार, साउन ७, २०८३

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ  चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको थियो ।

गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी चार हजार ३७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्