सुनको भाउले हान्यो बाँकटे, तोलाको कति पुग्यो ?

बुधबार, साउन ६, २०८३

नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलाम ५ हजार ४०० रुपैयाँले बढेको हो ।

योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ पुगेको थियो ।

सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको थियो । यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ११:१६
प्रतिक्रिया दिनुहोस्