नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्से ८० अंकले वृद्धि, कारोबार कति भयो ?

शुक्रबार, साउन १, २०८३

साताको अन्तिम कारोबारमा सेयर बजार सूचक उल्लेख्य बढेको छ । शुक्रबार (साउन १) बजार ७९.७४ अंकले बढेको हो ।

योसँगै बजार मापक २६७७.५४ विन्दुमा उक्लिएको छ । नेपाल राष्ट्र बैंकले सेयर धितोमा ८० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था गरेसँगै सेयर लगानीकर्ता आर्कषित भएका हुन् ।

बजारसँगै २५९ कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजार उल्लेख्य बढे पनि कारोबार चार अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ मात्र भएको छ । एक करोड तीन लाख ८९ हजार कित्ता सेयर ५८ हजार ९४ पटकमा किनबेच भएको हो ।

श्रीनगर एग्रोटेक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । उक्त कम्पनीको सेयर मूल्य १२५ रुपैयाँले बढेर प्रतिकित्ता ९६३ मा उक्लिएको छ ।

सूर्यकुन्ड हाइड्रो, शिखर पावर, रिजलाइन इनर्जी, मिड सोलु हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहेका कम्पनी हुन् । समूहगत सूचकतर्फ म्युचअल फन्ड ०.२९ प्रतिशतले घटेको छ । बाँकी १२ समूह बढेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्