आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कति छ ?

शुक्रबार, साउन १, २०८३

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार १ सय रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ रुपैयाँमा काराेबार भएकाे थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्