मौद्रिक नीतिले पनि सेयर बजारलाई दिएन त्राण, नेप्सेमा ३० अंकमाथिको गिरावट

बुधबार, असार २४, २०८३

मौद्रिक नीतिबाट लगानीकर्ताहरू निराश बन्दा बुधबार नेप्से सूचकम ३० अंकमाथिको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति सार्वजनिक हुनुअघि उत्साहित बजारमा २४ अंकमाथिको वृद्धि भएको थियो । 

तर, मौद्रिक नीतिले अपेक्षित नीति नलिएपछि लगानीकर्ताहरू निराश बन्न पुग्दा बुधबार खुलेको बजारमा ३० अंकमाथिको गिरावट आएको छ । मौद्रिक नीतिले धितो कर्जाको सीमा खारेज गर्ने लगानीकर्ताहरूको अपेक्षा थियो ।

तर मौद्रिक नीतिले सर्त राख्दै संस्थागत कारोबारलाई हेरेर शेयर धितो कर्जाको सीमा निर्धारण गरिने बताएपछि लगानीकर्ताहरू असन्तुष्ट बनेका हुन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३०.०९ अंकले घट्दै २ हजार ६२१.५९ अंकमा झरेको छ । यस दिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । 

यता कारोबार भने आज ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको ८४ लाख ६३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १५:२६
प्रतिक्रिया दिनुहोस्