लगातार घटेको सुनको भाउले आज हान्यो बाँकटे, तोलाको कति पुग्यो ?

बिहीबार, असार १८, २०८३

तीन दिनमा ६ हजार ५ सय घटेको सुनको भाउ आज उच्च दरमा बढेको छ। सुनको भाउ आज तोलामा ६ हजार २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मूल्य बढेर आज सुनको भाउ तोलाको २ लाख ८३ हजार ५ सय पुगेको छ। सुनको मूल्य हिजो तोलामा ६ सय रुपैयाँ घटेर २ लाख ७७ हजार ३ सयमा झरेको थियो। 

मंगलबार सुनको भाउ तोलामा ४५ सय र सोमबार १४ सय रुपैयाँ घटेको थियो। त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १८० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। 

हिजो चाँदीको भाउ तोलाको ४ हजार २ सय ७० रुपैयाँ थियो। 

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्