निरन्तर घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, असार १२, २०८३

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ८०० रुपैयाँ बढेको छ । 

एक तोला सुन खरिदको लागि दुई लाख ७९ हजार १०० रुपैयाँ खर्चिनुपर्ने महासंघले जनाएको छ । बिहीबार तोलामा दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार १८० रुपैयाँमा झरेको छ ।

बिहीबार चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १३:०२
प्रतिक्रिया दिनुहोस्