सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँ बढेको छ । छापावाल सुनप्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।