सोसल मिडिया
युनिकोड
नेपाली बजारमा शुक्रबार (असार ५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार (असार ४) छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।