नेप्सेमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

सोमबार, असार १, २०८३

साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १२.२६ अंकले घट्दै २ हजार ७११.७६ अंकमा झरेको हो । 

तथापि, आज ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । 

आज म्यनिफ्याक्चरिङ एण्ड प्रोसेसिङ उपसमूहबाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । म्यानु एन्ड प्रो समूहको उपसूचक झिनो अंक (०.११ प्रतिशत)ले बढेको छ । १८८ कम्पनीको शेयर मूल्य घट्दा आज ७३ वटा कम्पनीको मूल्य बढेको छ । 

सोपान फार्मेसिटुकल लिमिटेड र अपोलो हाइड्रोपावर कम्पनीको शेयर मूल्य आज समान १४.९९ प्रतिशतले बढेका छन् । 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्