दुई दिन घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, जेठ २९, २०८३

दुई दिनमा १५ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि बढेको छ। सुनको भाउ आज तोलामा ५ हजार ३ सय रुपैयाँ बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि गएको बुधबार सुनको भाउ तोलामा १० हजार १ सय र बिहीबार ५ हजार १ सय रुपैयाँ घटेको थियो। 

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। गएका दुई दिनसम्म लगातार घटेको चाँदीको भाउ आज तोलामा १९० रुपैयाँ बढेर ४ हजार ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।  

हिजो प्रतितोला ९० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ६५० रुपैयाँमा झरेको थियो भने बुधबार तोलामा १८५ रुपैयाँ घटेको थियो।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्