सुनको भाउ स्वाट्टै घट्दा आज तोलाको कतिमा ओर्लियो ?

बुधबार, जेठ २७, २०८३

हिजो बढेको सुनचाँदीकै मूल्यमा आज उच्च गिरावट आएको छ। 

सुनको भाउ आज तोलामा १० हजार १ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

हिजो सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर तीन लाख एक हजार नौसय पुगेको थियो। 

आज चाँदीको भाउ पनि घटेको छ। प्रतितोला १८५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ७४० मा झरेको महासंघले जनाएको छ। 

हिजो चाँदीको भाउ २० रुपैयाँ बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको थियो। 

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्