साताको पहिलो कारोबार दिननै नेप्से सुत्यो, कति भयो कारोबार ?

सोमबार, जेठ २५, २०८३

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २०.२७ अंकले घट्दै २७३५ विन्दुमा पुगेको छ। लगातार तेस्रो दिन पनि बजार ओरालो लागेको हो ।

आज बजारमा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा करिब डेढ अर्ब रुपैयाँले कम हो । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएको थियो ।

कारोबारमा २५ कम्पनीको मूल्य बढ्दा २२३ कम्पनी घटेका छन् भने ६ कम्पनी स्थिर रहेका छन् । फाइनान्स समूहबाहेक सबै उपसमूहका सूचक घटेका छन्। फाइनान्स ०.२६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै दबाब व्यापार (१.७७%), अन्य (१.५०%) र विकास बैंक (१.०३%) समूहमा देखिएको छ। बैंकिङ, जलविद्युत, बीमा तथा होटल–पर्यटन समूह पनि सामान्य गिरावटमा रहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्