सुनचाँदीकै घट्यो मूल्य, तोलाको कति छ ?

आइतबार, जेठ २४, २०८३

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी ३३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ हजार  कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ । 

गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्