आज सुनचाँदीकै मूल्य उच्च दरमा बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, जेठ १५, २०८३

आज सुनचाँदीकै मूल्य उच्च दरमा बढेको छ। हिजो व्यापक गिरावट आएको सुनचाँदीकै भाउ आज बढेको हो। 

सुनको मूल्य आज तोलामा ५६ सय रुपैयाँ बढेको छ। मूल्य बढेर आज सुनको भाउ तोलाको २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलामा ५५ सय रुपैयाँ घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको थियो। 

सुनको भाउ बुधबार एक हजार रुपैयाँ घटेको थियो भने मंगलबार तोलामा १३ सय रुपैयाँ बढेको थियो। दुई दिनमो ६५ सय रुपैयाँ घटेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलामा २१५ रुपैयाँ घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको थियो। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १२:२८
प्रतिक्रिया दिनुहोस्