आज बुधबार सुनको मूल्य तल हुँदा चाँदीको माथि, तोलाको कति ?

बुधबार, जेठ १३, २०८३

नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९० हजार ५०० रुपैयाँ कायम छ । मंगलबार (जेठ १२) छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  ११:४०
प्रतिक्रिया दिनुहोस्