आईतबार घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति ?

सोमबार, जेठ ११, २०८३

नेपाली बजारमा सोमबार (जेठ ११) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम छ । आइतबार (जेठ १०) छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्