सुनचाँदीको मूल्य घट्यो, तोलाको कति छ ?

शुक्रबार, जेठ १, २०८३

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार र चाँदी ३५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३९० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ७४५ मा खरिदबिक्री भएको थियो । गत बुधबार एक तोला छापावाल सुन तीन लाख दुई हजार २०० र चाँदी पाँच हजार ७१० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ११:१२
प्रतिक्रिया दिनुहोस्