सुनको भाउमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

बिहीबार, वैशाख ३१, २०८३

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनप्रतितोला ३ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार७ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ११:१६
प्रतिक्रिया दिनुहोस्