सुनचाँदीको भाउ आज पनि उक्लियो, तोलाको कति पुग्यो ?

बिहीबार, वैशाख २४, २०८३

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

बुधबार सुन तोलामा दुई लाख ९६ हजार आठ रुपैयाँमा  कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०० रुपैयाँले बढेर तोलामा पाँच हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी तोलामा  पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्