सरकारले सबै विद्युतीय गाडीको भन्सार महशुल बढायो, अरू के-के मा बढ्यो ?

मंगलबार, जेठ १५, २०८१

सरकारले आलु आयातमा भन्सार बढाएको छ। हाल १० प्रतिशत लाग्ने आलुमा १५ प्रतिशत लाग्ने व्यवस्था गरेको छ। खबटा सहितको काजुमा १५ प्रतिशत कर लाग्दै आएकोमा १० प्रतिशत लाग्ने व्यवस्था गरेको छ। मसलामा २० प्रतिशत लाग्दै आएकोमा ३० प्रतिशत पुर्‍याउने भएको छ।

पकेट लाइटरहरू, ग्यास इन्धनयुक्त, पुनः ग्यास भर्न नमिल्ने लाइटरमा १५ प्रतिशतबाट एकै पटक ३० प्रतिशत पुर्‍याइएको छ।

टेबुलका सामग्रीहरु र भान्साका सामाग्रीमा १५ प्रतिशत लाग्दै आएकोमा २० प्रतिशत पुर्‍याइएको छ। पोर्सेलिन वा चाइना बाहेकका सेरामिकका टेबलका सामाग्रीहरु भान्सका सामग्री, अन्य घरायसी सामग्री, स्नानघरका सामग्रीहरुमा १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याइएको छ।

विद्युतका सिल्ड विम ल्याम्प युनिटहरुमा १५ प्रतिशत रहेकोमा २० प्रतिशत पुर्‍याइएको छ। टङगस्टेन ह्यालेजिन, २०० वाट ननाघ्ने पावर १०० भोल्ट ननाघ्ने भोल्टेज, मरकरी वा सोडियम भेपर ल्याम्पहरु, आर्क ल्याम्पहरु, एलइडी मोडयूलहरु, एलइडी ल्याम्पहरुमा १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याइएको छ।

सरकारले सबै विद्युतीय गाडीको भन्सार महशुल बढाएको छ। ५० किलोवाटसम्मका १० प्रतिशत लाग्नेलाई १५ प्रतिशत बनाएको छ भने अहिले ६० प्रतिशत भन्सार लाग्नेलाई ८० प्रतिशत पुर्‍याइएको छ।

कुचो र बुरुसहरुमा १० प्रतिशत भन्सार लाग्दै आएकोमा १५ प्रतिशत पुर्‍याइएको छ। कलाकारिताका बुरुस तथा लेखन कलाका बुरुसहरूमा समेत १० बाट १५ प्रतिशत पुर्‍याइएको छ।

पेन्ट, डिस्टेम्बर, बार्निस वा कामका बुरुस, गाडीमा पार्टपुर्जाका रुपमा रहने बुरुसमा १५ प्रतिशत नै पुर्‍याइएको छ।

त्यस्तै, युरिन ब्यागमा ५ प्रतिशत लाग्दै आएकोमा पूर्ण छुट दिइएको छ। रबरको साँचोमा १५ प्रतिशत लाग्दै आएकोमा १० प्रतिशतमा झारेको छ। कपडा पदार्थले ढाकिएको रबरको धागोमा १५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्