सोसल मिडिया
युनिकोड
आज सेयरबजार थोरैले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको हो। आज ७७ लाख ३४ हजार सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार १६२ कम्पनीको सेयर मूल्य बढ्दा ९० वटाको घट्दा १६ को सेयर मूल्य परिवर्तन भएको छैन। अप्पर लोहोर खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ११.६ प्रतिशतले बढेर ५३८ रुपैयाँ पुगेको छ।
सोलु हाइड्रोपावर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ। फर्वार्ड माइक्रोफाइनान्सको मूल्य ९.३१ प्रतिशतले घटेर १ हजार १४३ रुपैयाँमा झरेको छ।