घट्यो आज सुनको भाउ, तोलाको कति छ ?

आइतबार, वैशाख २०, २०८३

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने  चाँदी रु ६५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ९४५ मा किनबेच भएको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्