सुनको मूल्य घट्यो, तोलाको कतिमा ओर्लियो ?

बिहीबार, वैशाख १७, २०८३

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० कायम भएको छ ।

हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ मा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्