नेप्से आज पनि दोहोरो अंकले घट्यो, कति भयो कारोबार ?

बुधबार, वैशाख १६, २०८३

साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ ।

मंगलबार नेप्से परिसूचक २६ अंकले घटेको थियो भने मंगलबार २५.८१ अंकले घटेको छ । यसदिन ०.९३ प्रतिशतले घटेको हो । यससँगै समग्र बजार मापक २७४४.४५ विन्दुमा झरेको छ ।

यस दिन ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज एक करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर एक लाख ४ हजार ५ पटकमा किनबेच भएको थियो । अघिल्लो दिन करीब ६ अर्ब बराबरको कारोबार भएको थियो ।

कुल ३५१ कम्पनीको कारोबार हुँदा ३० वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सबैभन्दा बढी कमाउने पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल लाइफ सम्वृद्धि लगानी योजना, १२ प्रतिशतको आईसीएफसी डिवेञ्चर २०८३, एनआईसी एशिया ग्रोथ फण्ड–२ र लक्ष्मी लघुवित्त वित्तिय संस्था रहेका छन् ।

यससँगै, यसदिन सबैभन्दा बढी गुमाउने कम्पनीमा १० प्रतिशतको केविएल डिवेञ्चर २०९०, शिखर पावर डेभलपमेन्ट, पाल्पा सिमेन्ट ईण्डष्ट्रिज, त्रिशुली जलविद्युत् कम्पनी र झापा ईनर्जी लिमिटेड रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्