सोसल मिडिया
युनिकोड
साताको दोस्रो कारोबारमा सेयर बजार परिसूचक २६ अंकले घटेको छ । मंगलबार बजार २६.१६ अंकले घटेको हो । यससँगै समग्र बजार मापक २७७०.२७ विन्दुमा झरेको छ ।
घटेको बजारमा ४२ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । २१३ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारतर्फ ६ अर्ब ५३ करोड १७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । एक करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर एक लाख ५१ हजार ३५४ पटकमा किनबेच भएको थियो । पाल्पा सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रो, कुमारी बैंकलगायत कम्पनीको सेयर उच्च भोलुममा कारोबार भएको छ ।
हिमालय बैंक बण्ड, साइन रेसुंगा बैंक, सानिमा बैंक डिबेन्चर, आरबीबी म्युचअल फण्डलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।समुहगत सूचकतर्फ अन्य इन्डेक्स बढ्दा बाँकी १२ समूह राताम्मे देखिएका छन् ।