आज ८ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

सोमबार, वैशाख १४, २०८३

साताको पहिलो कारोबार दिन सेयरबजारमा ७.७३ अंकको बढावट देखिएको छ। 

नेप्से उक्त अंकले बढेर २७९६.४३ विन्दुमा चढेको हो। यस दिन १ करोड बढी कित्ता किनबेचसँगै कुल ४ अर्ब ७४ करोडको कारोबार भएको छ। सोमबार कुल १५७ वटा सेयरको मूल्य बढ्दा १०२ वटाको घटेको छ भने १० वटाको मूल्य स्थिर छ। 

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट, सिटी होटलको सेयर क्रमशः १५, १५, १५ र १४.९९ प्रतिशतले मूल्य बढेको छ। यस दिन झापा इनर्जीको पनि ९.४४ प्रतिशतले मूल्य बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

तर निफ्रा ग्रिन इनर्जी डिबेन्चरको १४.०१ प्रतिशत, माई खोला हाइड्रोपावर १०.०१ प्रतिशतले घटेका छन्। यीबाहेक अन्य गिरावट अधिकतम ५.९० प्रतिशतसम्म देखिएको छ। कारोबारमा सोमबार रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। कम्पनीको ३० करोडको कारोबार हुँदा आखुखोला जलविद्युत् कम्पनी २६ करोड, सोलु हाइड्रो २३ करोड, नेशनल हाइड्रोपावर १४ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकको १२ करोडको सेयर कारोबार भएको छ। 

सोमबारको कारोबारमा जलविद्युत्, लगानी, सामूहिक लगानी, अन्य र व्यापार समूह सामान्य घटे पनि बाँकी समूह बढेका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १७:०७
प्रतिक्रिया दिनुहोस्