सस्तियो सुनको भाउ, तोलाको कति छ ?

बिहीबार, वैशाख १०, २०८३

स्थानीय बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा १८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ । 

हिजो तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो । चाँदी भने तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको छ । 

अघिल्लो दिन पाँच हजार १३० मा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्