सुन चाँदीकै घट्यो मोल, तोलाको कति छ ?

बुधबार, वैशाख ९, २०८३

नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको छ ।

हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ । पछिल्ला दिनहरूमा सुनकै मूल्य निकै अस्थिर देखिएको छ । मूल्य अस्थिर हुँदा सुन खरिद तथा विक्री गर्नेहरूमा दुविधा हुँदा अहिले सुनचाँदीको व्यापारमा समेत कमी आएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्