सोसल मिडिया
युनिकोड
आज सुनको मूल्य वृद्धि हुँदा चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १६ यस रुपैयाँ बढेर ३ लाख १ हजार ३०० रुपैयाँ पुगेको छ।
हिजो सुनचाँदीकै मूल्य घटेको थियो। त्यसैगरि आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर ५ हजार १६० रुपैयाँमा झरेको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।