सोसल मिडिया
युनिकोड
धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।
बुधबार बजार ३३.२७ अंकले बढेर परिसूचक २८६६.८७ मा बन्द भएको छ ।
कारोबार रकम भने बढेको छ । यसअघि आठ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकामा आज १० अर्ब ५३ करोडभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज २२१ कम्पनीको मूल्य बढ्यो, ४५ को घट्यो । यस्तै, तीनवटा कम्पनीको मूल्य स्थिर रह्यो ।
१३ वटै उपसमूहको सूचक बढेको छ । धेरै बढ्नेमा होटेल तथा पर्यटन छ । यो समूहको सूचक २५१.६४ अंक अर्थात् ३.१६ प्रतिशत बढेको छ । सबैभन्दा कम म्युचुअल फन्डको २.२९ अंकले बढ्यो ।
यसैगरी ७ वटा कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भयो । रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटेल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट, सुपरखुदी हाइड्रोपावर र शिखर पावरको मूल्य १० प्रतिशतले बढेको हो ।
कारोबार रकमका आधारमा सर्वाधिक शिवम् सिमेन्टको ५८ करोड र सेयर संख्याका हिसाबले नेसनल हाइड्रोपावरको १७ लाखभन्दा बढी कित्ता खरिदबिक्री भएको छ ।