सोसल मिडिया
युनिकोड
आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेर तोलाको दुई लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलाको दुई लाख ९१ हजार चारसय रुपैयाँ थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८२० रुपैयाँ कायम भएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।