सेयरबजारमा करेक्सन, कारोबार कति भयो ?

बिहीबार, चैत १९, २०८२

सेयरबजारमा करेक्सन देखिएको छ। ७४ अंकले घटेको भोलिपल्ट नेप्से ५.८२ अंकले उकालो लागेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार २७८२.१८ विन्दुमा छ। अन्तिम कारोबार दिन २ करोड १३ लाख कित्ता किनबेचपछि ८ अर्ब ८१ करोड बढीको किनबेच भएको छ। यस दिन ९८ वटा सेयरको मूल्य बढ्दा १५८ वटाको घटेको र १२ वटाको स्थिर छ। 

रिलायन्स स्पिनिङ मिल्स, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले प्रतिकित्ता क्रमशः २९४.७०, ४३.९० र ४१.६० रुपैयाँ कमाएका छन्। 

भुजुङ हाइड्रो र सुपर खुदी हाइड्रोको पनि ९.९९ प्रतिशतले मूल्य बढेको नेप्सेले जनाएको छ। भूगोल इनर्जी डेभलपमेन्ट, अभियान लघुवित्तलगायतको अधिकतम ३.०६ प्रतिशतले मूल्य घटेको छ। 

बिहीबार एसवाई प्यानलको सर्वाधिक ३५ करोडको कारोबार भएको छ। ङादी ग्रुप पावर ३० करोड, हिमालयन रिइन्स्योरेन्स २९ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट २९ करोड र अपि पावरको २७ करोडको कारोबार भएको छ। 

आज वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीवन बीमा र अन्य समूह घटे पनि बाँकी बढेका छन्। 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्