आईतबार बढेको सुनको भाउ आज घट्यो, तोलाको कति छ ?

सोमबार, चैत १६, २०८२

हिजो बढेको सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा २५ सय रुपैयाँ घटेर दुई लाख ८३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँ बढेर दुई लाख ८६ हजार रुपैयाँ पुगेको थियो। 

गएको शुक्रबार भने सुनको भाउ तोलामा ४६ सय रुपैयाँ घटेर दुई लाख ८१ हजार रुपैयाँमा झरेको थियो।

गएको बुधबार एकैदिन तोलामा १३ हजार रुपैयाँ बढेको सुनको मूल्य बिहीबार र शुक्रबार दुबैदिन लगातार घटेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर ४ हजार ७ सय रुपैयाँमा झरेको छ। 

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्