आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा ओर्लियो ?

मंगलबार, चैत १०, २०८२

स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (चैत १०) पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको छ ।

आजका लागि तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ ।

सोमबार (चैत ९) प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । 

अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार हुनेछ । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्