सुनको भाउ ह्वातै घट्यो, आज तोलाको कतिमा ओर्लियो ?

आइतबार, चैत ८, २०८२

स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितेला १२ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार रुपैयाँमा झरेको हो । 

अघिल्लो शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँले घट्दै ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्